Skip to main content

के मोदीसत्ताको 'रथ' फसेकै हो ?

Submitted by editor on
Rahul Modi photo source : https://www.google.com/url?sa=i&url=https%3A%2F%2Fwww.india.com%2Fnews%2Findia%2Fpm-narendra-modi-takes-a-dig-at-rahuls-gandhis-elevations-as-congress-chief-election-or-coronation-he-asks-2882253%2F&psig=AOvVaw0SmGyed7ILlvPA6Cm_wTsT&ust=1716203078308000&source=images&cd=vfe&opi=89978449&ved=0CBIQjRxqFwoTCPjvivjImYYDFQAAAAAdAAAAABAm
दिनेश सापकोटा
२०८१, जेष्ठ ६

भारतमा चलिरहेको चुनावलाई विश्वभरी महत्वका साथ हेरिएको छ । लोकसभाका ५४३ सीटमध्ये करिब सत्तरी प्रतिशतमा मतदान भइसेकेको छ । सात चरणमा चौंथो चरणको मतदात सकिएसँगै नरेन्द्र मोदीको फेरी सत्ता आगमन हुन्छ भन्ने विश्वास कमजोर हुँदै गएको छ । अहिले कतिपय विश्लेषकहरु बलियो हुँदै गएको ईण्डीया गठबन्धको चुनावी प्रदर्शनले मोदीको रथ रोक्ने आकल गर्न थालिएका छन् । २०० वरिपरिको सिट संख्याका साथ बिजेपी फेरी पनि ठुलो पाटी हुने तर बहुमत चाहीँ ईण्डीया गठबन्धनको पुग्ने उनीहरुको विश्लेषणले बताउछ । 

के के आधारमा विश्लेषकहरु यस्तो आंकल गरिहेका छन् ? खास गरी यहाँ उनीहरुले भन्ने गरेका छ वटा आधारको चर्चा गरिने छ । 

पहिलो आधार हो विपक्षी “इण्डीया गठबन्ध” ले उठाएका मुद्दा प्रभावकारी हुँदै जानु , जनतासामू पुग्नु , गठबन्धनको साझा घोषणापत्र त छैन तर भारतीय काँग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता दललगायत अन्य वामपन्थी दलका घोषणामा समानता देखिन्छ । संविधानको रक्षा र सामाजिक न्यायका मुल मुद्दामा ति एक ठाउँ देखिन्छन् । 

सबै जसो विपक्षि नेता संविधान हातमा लिएर चुनावी सभामा जाने र यसको रक्षाका लागि भोट गर्न आग्रह गरिरहेका छन् । आरक्षण, संघीयता र धर्मनिरपेक्षतालाई आक्रमण गर्न भाजपाले ४०० सिटको कुरा गरेको भन्दै उनीहरुले जनतालाई आफ्नो पक्षमा ल्याउने काम गरेका छन् । यसको प्रभाव खासगरी पछाडी पेरेका जात र समुदायमा राम्रैसँग परेको देखिन्छ । विपक्षीको यो दाविलाई पुष्टी गर्न भाजपाका कतिपय नेताहरुले दिएका संविधान विरोधी अभिव्यक्तिले सहयोग गरेका छन् । 

त्यसका साथै गठबन्धनले किसानलाई उसको फसलको न्यूनतम मूल्य दिने, युवालाई पहिलो चरणमै तीस लाख रोजगारी दिने, अग्नीवीर स्कीम खारेज गर्ने जस्ता प्रतिबद्धता पनि जनाएको छ । भाजपाको घोषणा पत्रलाई ‘मोदीको ग्यारेण्टी’ पत्र भनेर ल्याइएको छ । तर मोदीले बेरोजगारी, महंगाई तथा किसानका बारेमा प्रष्ट प्रतिबद्धता दिन नसकेकाले पनि विपक्षि दललाई फाइदा पुगेको छ । जनताका लागि विपक्षी गठबन्धन नै एक मात्र विकल्प जस्तो बन्न पुगेको छ । 

दोश्रो आधार हो २०१४ र १९ मा जस्तो मोदीको लहर नदेखिनु । बरु कतिपय विश्लेषकहरु यो चुनावमा मोदी विरोधी लहर देखिएको बताएका छन् । त्यसमाथि मोदीले चुनाव सुरु भए पछि मुद्दा बदलेको बदलै छन् । उनले कहिले भारतीय काँग्रेसको घोषणापत्रलाई भारतको विभाजनको घटनासँग जोड्ने गर्छन त कतिबेला काँग्रेस सत्तामा आयो भने महिलाको मंगलसूत्र, घर, भैंसीसमेत खोस्ने छ भनेर झुठा भाषण दिएका छन् । उनले काँग्रेसले हिन्दुबाट ति सबै खोसेर मुसलमानलाई दिने छ भनेर आधारहीन वक्तव्य बोले । विश्लेषकहरुका अनुसार बहुसंख्यक हिन्दुलाई डर देखाएर भोट माग्ने उनको तरिकालाई तानाशाही लाद्ने प्रपन्च भनेर आम मानिसले समेत बुझ्न थालिसकेका छन् । 

तेश्रो आधार हो मोदीले प्रदेशका निर्वाचित सरकारलाई भत्काउन त्यहाँका सत्तारुढ दल फुटाउने अनि भ्रष्टाचारी तथा बलात्कारीलाईसमेत भाजपामा भित्र्याउने काम गरे । अन्य दलका भ्रष्ट नेतालाई जाँच एजेन्सीको डर देखाएर आफ्नो दलमा ल्याउने उनको तरिकालाई जनताले मन पराएको देखिएन । आज आम सभाबाट भ्रष्टाचारी भन्ने भोली त्यही व्यक्तिलाई आफ्नो दलमा ल्याउने अत्यान्तै विकृत राजनीति गर्नुले मोदीको इमान्दारीताप्रति मानिसहरुले प्रश्न उठाउने ठाउँ पाए । त्यसले उनलाई खास गरी महाराष्ट्र र बिहारमा ठुलो नोक्सान पुग्ने देखिएको छ । 

चौथो हो भाजपाको आन्तरिक अवस्था । मोदीका पछिल्ला अभिव्यक्ति उनका आफ्नै मान्छेलाई पनि पच्न छाडेका छन् । चीनले सिमा मिचेको कुरा नबोल्ने, किसान आन्दोलनलाई दमन गर्ने तथा भ्रष्टाचारीलाई पार्टीमा ल्याउने मोदीका काम उनीहरुलाई चित्त बुझेको छैन । भाजपा बरिष्ठ नेता सत्यपाल मल्लिक र सुब्रमण्यम स्वामीजस्ता नेता तथा कार्यकता खुला रुपमा मोदीको विरुद्धमा बोलेका छन् । मोदीलाई सत्ताबाट हटाउन उनीहरु लागिपरेका छन् । मोदीको तरिका आर.एस्.एस्.लाई पनि मन परे जस्तो छैन । त्यसैकारण हुन सक्छ पहिलाका चुनावमा जस्तो न भाजपा कार्यकता ग्राउण्ड देखिन्छन् न त आरएस्एस्को स्वयंसेवक नै । उनीहरु निरास तथा हतास देखिन्छन् । 

विश्लेषकहरुले मोदीको रथ रोकिने पाँचौं कारण मतदान प्रतिशतमा आएको गिरावटलाई मान्ने गरेका छन् । जहाँ पहिला बिजेपीले जितेको थियो ति निर्वाचन क्षेत्रमा ठुलो गिरावट देखिएको छ । केही केही निर्वाचन क्षेत्रमा दुई अंककोसम्म गिरावट देखिएको छ । यद्यपि, विपक्षी समर्थकहरुमा विशेष उत्साह र आशा देखिन्छ । मिडिया तथा सोसल मिडियामा देखिने बहसमा पनि मोदीको आलोचना गर्न विपक्षीसँग सहज हुँदै गएको र सत्तापक्षसँग किन तेश्रो कार्यकाल भन्ने प्रश्नको गतिलो उत्तर दिन नसक्ने अवस्था देखिन्छ ।

पाचौं कारण हो विपक्षी ईन्डीया गठबन्धनका नेताहरुको बढेको आत्मविश्वास । मल्लिकाअजुर्न खड्गे, अखिलेश यादव, तेजस्वी यादव, ममता बेनर्जी, उद्धव ठाक्रेलगायतका नेता मोदीले दुई सय सिट पनि ल्याउन नसक्ने दाबी गरिरहेका छन् । ति नेतामध्ये राहुल गान्धीको प्रस्तुतिले मोदीलाई वेचैन बनाएको अनुमान लगाइएको छ । राहुलले मोदीलाई डिवेटको चुनौतिसमेत दिएका छन् । 

राहुलको अक्रमण प्रत्येक दिन तिखो हुँदै गएको देखिन्छ । जस्तै, दिल्लीको पछिल्लो आम सभामा मोदीको बौद्धिक क्षमता कमजोर भएको दावी गरे । उनले मोदीले बादल लागेको बेला रेडारबाट जहाज बँच्न सक्ने कुरा गरेको भन्दै आलोचना गरे । उनले भने, ‘रेडारको काम नै यही हो कि बादल लाग्दा वा खराब मौसमका बीचमा पनि हवाई जहाजलाई देख्न सकियोस् । गाईड गर्न सकियोस् ।’ 

गान्धीले दिल्लीमा दिएको उक्त भाषणमा भने, ‘पहिला नरेन्द्र मोदी घृणा फैलाउथे । देशमा एक धर्मका विरुद्ध अर्का धर्मलाई लडाउथे । तर केहि दिन पहिले उनको एक चम्चालाई अन्तरवार्ता दिंदै मोदीले सानोमा इदको समय आफ्नो घरमा मुसलमान भाईले खाना पठाउने कुरा गरे ।’ गान्धीले मोदीको यो अर्को झुठ हो भन्दै उनले भने, ‘मोदीले साहकारी हुँ पनि भन्छन् तर अहिले भोटका लागि फेरी इदको खाना खाएको बताएका छन् । मोदी हार्ने निश्चित भए पछि यस्ता अभिव्यक्ति दिन थालेका छन् ।’ 

छैठौँ आधार राहुलको सबैभन्दा ठुलो चुनौति बहसको चुनौति हो । राहुका अनुसार केही पत्रकारले उनी र प्रधानमन्त्री मोदीलाई चिठी लेखेर लोकतन्त्रको डिबेट जरुरी छ । त्यसकारण मोदी र राहुलको डिबेट हुनुपर्दछ भनेका थिए । राहुल आफु तयार रहेको तर मोदी डिबेटमा नआउने दावी विभिन्न आमसभामा गरिरेकाछन् । उनले भने, ‘उनी आउनेवाला छैनन् । किनकि, उनलाई थाहा छ मैले रेल, पोर्ट, सबै कुरा अडानिलाई किन दिएको ? भनेर सोध्ने छु । इलेक्ट्रोल बोन्डको धन्दाका बारेमा सोध्नेवाला छु । सिबीआई र ईडी को प्रयोग गरेर चुनावी चन्दाको धन्दाका बारेमा कुरा गर्नेवाला छु । मैले यति भन्दा डिवेट सकिने छ ।’

दिनेश सापकोटा राजनीतिक विश्लेषक हुन् ।