Skip to main content

“बेग्लै” के हो ?

यो सैद्धान्तिक पत्रकारिता हो । यसले वर्तमान विभेदी व्यवस्थालाई बदल्नका लागि सर्वोदयमा आधारित राजनीति हुनु पर्दछ भन्ने मान्यता राख्दछ । त्यसैतर्फको राजनीतिक सङ्क्रमणका लागि योगदान गर्न यसको स्थापना भएको हो । यो परिवर्तनको विधि अहिंसात्मक हुनु पर्दछ भन्ने कुरामा कटिबद्ध छ । लोकतन्त्र र विधिको शासनमा कुनै सम्झौता नगरी जनतालाई सुविचारित दृष्टिकोण दिने य “बेग्लै”को प्रमुख उद्देश्य हो ।  “बेग्लै” प्रमुखतः तीन कारणले बेग्लै छ ।  पहिलो, यसले राजनीतिलाई प्रमुखताकासाथ प्रस्तुत गर्दछ । वास्तवमा यो राजनीतिका लागि नै समर्पित छ ।   दोश्रो, यसले समाचार होइन, दृष्टिकोणमा आधारित विश्लेषण, विचार र टिप्पणी प्रस्तुत गर्दछ । तेश्रो, यसले नेपाली पाठकका लागि अन्तराष्ट्रिय राजनीतिका विशेष सामाग्री प्रस्तुत गर्दछ ।   

 

पाठक वर्गका लागि विशेष आह्वानः 

“बेग्लै” नाफामूलक पत्रकारिता होइन । यसलाई विशिष्ट राजनीतिक परिवर्तनको उद्देश्य राखेर तदअनुरुप अगाडि बढाइएको छ । यसको विकासका लागि योगदान दिने सबैले आआफ्नो ठाउँबाट स्वयंसेवा गर्नु भएको छ । यदि तपाईंलाई पनि यसको विचार मन पर्दछ भने र यस्तै सेवा गर्न चाहनु हुन्छ भने आफ्नो विचार पठाएर सहभागि हुन सक्नु हुने छ । सुझाव, सल्लाह तथा गुनासा भएमा पनि सम्पर्क गर्न सक्नु हुने छ । तपाईंको उक्त सहभागितालाई हामी हृदयदेखि स्वागत गर्दछौँ ।