Skip to main content

के भारतीय संसद् त्रिशंकु हुने देखिएको छ ?

Submitted by editor on
y20
दिनेश सापकोटा
२०८१, जेष्ठ २२

भारतको लोक सभाका ५४३ मध्ये करिब ५४० सिटको मतगणनाको प्रारम्भीक रुझान आएको छ । यसले भाजपा नेतृत्वको एन्डीए गठबन्धनको झोनो बहुमत आउने देखाएको छ । विहान करिब ८ बजेबाट आउन सुरु गरेको मतगणनाको परिणामबाट अहिले नै सबै कुरा प्रष्ट हुँदैन । तर बिहार, महाराष्ट्र, कर्नाटकाबाट नै विपक्षी गठबन्धनलाई आसातित सिट प्राप्त हुन नसकेको देखिन्छ । बिजेपीले एक्लै बहुमत पुर्याउने सम्भावना झिनो हुँदै जाने र विपक्षी गठबन्धनले पनि सरकार बनाउन आवश्यक बहुमत पुर्याउन नसक्ने अहिलेका संकेतले देखाएका छन् । यद्यपि, नव निर्वाचित लोकसभा कस्तो हुने छ ? त्यो प्रष्ट हुन अझै केही घण्टा कुर्नु पर्ने देखिएको छ ।  
 

दिनेश सापकोटा राजनीतिक विश्लेषक हुन् ।