Skip to main content

मोदी सरकारले दलितलाई न्याय गर्न सकेनः भाजपा सांसद जिगजिनागी

Submitted by editor on
Ramesh Jigajinagi photo taken from wiki
बेग्लै
२०८१, असार २७

रमेश जिगजिनागी भाजपाका बरिष्ठ नेता हुन् । उनले अहिलेसम्म सात पटक लोक सभाको चुनाव जितेका छन् । उनी दलित समुदायबाट आएका एक प्रभावशाली नेता हुन् । 

केही समय पहिला बीबीसीमा दिएको एक अन्तरवार्तामा जिगजिनागीले भनेका थिए, “अरु पदमा पुग्ने बेलामा दलितले हात उठाउँछ तर जब दलित बन्ने बेला हुन्छ कसैले पनि उठाउँदै ।”

हिजो सार्वजानिक रुपमा उनले यही आशय दोहोराएका छन् । उनले मोदी सरकारले दलितलाई न्याय गर्न नसकेको बताए । निर्वाचन क्षत्रेका जनताले मन्त्री किन नबनेको भनेर सोध्ने गरेको तर दलमा अवसर नपाएको उनको गुनासो थियो । 

यसरी उनी पहिलो पटक आफ्नै दलको सरकारका विरुद्धमा बोलेका छन् । उनी जस्ता पुराना नेता यसरी बोल्दा मोदी सरकार थप दबाबमा पर्ने देखिएको छ । जसरी उनले दलित न्यायको कुरा उठाए, यस मुद्दाले उनलाई दल नै त्याग्ने परिस्थितिमा पनि पुर्याउन सक्छ । 

यसरी जिगजिनागीले विद्रोहको आवाज उठाउँदा भारतीय राजनीति दुई तिरकाले प्रभावित हुने देखिएको छ । पहिलो, अब भाजपाको विद्रोह सतहमा आएको छ । गठबन्धनको सरकार बनाएका मोदीका लागि यो ठुलो चुनौति हुने छ । अन्य असन्तुष्टहरु पनि बोल्ने छन् । यदि  जिगजिनागीले दलै त्याग्ने अवस्था बन्यो भने मोदी सरकार र भाजपालाई सजिलै भरपाई हुन नसक्ने क्षति हुने छ । 

दोश्रो, जिगजिनागीको यो अभिव्यक्तिले पहिलो पटक दलित प्रधानमन्त्री बन्ने सम्भावना बढाएको छ । उनी जस्तै अग्लो कद भएका दलित नेता मल्लिकार्जुन खड्गे भारतीय कांग्रेसका अध्यक्ष छन् । उनी जस्तै खड्गे पनि कर्नाटकाका हुन् । मोदी सरकारले दलितलाई न्याय गर्न सकेन भनिरहेको अवस्थामा भारतीय कांग्रेसले आफ्ना अध्यक्षलाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्दा परिस्थिति एकाएक बदलिन सक्छ ।