Skip to main content

‘पप्पु’ भर्सेज् ‘फेकु’

Submitted by editor on
This a cartoon.
२०८१, असार १०

आज म एक यस्तो विषयमा चर्चा गर्ने छु जो सिधा राजनीतिसँग जोडिएको छैन । तर, हामी सबैको जीवनसँग गहिरो गरी सम्बन्धित छ । र, यो देशको विकाससँग र देशको समृद्धिसँग गहिरो गरी सम्बन्धित छ । 

तपाईलाई याद होला भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विहारमा नालन्दा विश्व विद्यालयको परिसर उद्घाटन गर्नको लागि गएका थिए । उक्त परिसर उद्घाटन गर्दै उनले एक भाषण दिएका थिए । उक्त भाषणमा उनले दावी गरे कि उनले भारतलाई विश्वमा एक ज्ञान र शिक्षाको विश्व केन्द्र बनाउने छन् । 

प्रधानमन्त्री मोदीले जति धेरै पवित्र प्रतिवद्धताहरू जनाएका छन् तीनमा अझ एक दावेदारीलाई पनि जोड्न सकिन्छ ।
तपाईंलाई याद होला उनी २०१४ मा भारतका प्रधानमन्त्री भएका थिए । प्रधानमन्त्री भएको छ महिनामा नै उनका प्रशंसक, आलोचक अथवा तठष्थ भावले उनलाई हेर्ने सबैलाई थाहा भईसकेको थियो कि यो व्यक्ति झुट बोल्ने व्यक्ति हो । जो आलोचक थिए ती यो कुरा भन्थे । जो उनका प्रशंसक थिए ती बोल्दैन थे । जो तठष्थ थिए ती मुस्काएर शिर हल्लाउथे । 

त्यसकारण नरेन्द्र मोदी सुरुवातबाट नै यसरी देखिन थाले कि उनले झुट खुब बोल्छन् । अर्कोतर्फ भने राहुल गान्धीको ‘पप्पुकरण’ भयो । उनलाई ‘पप्पु’ भनेर बोलाउन थालियो । तर, राहुल गान्धीले आफ्नो पुरुषार्थ र पराक्रमले आफ्नो पप्पुको छवी ठीक गरे । यद्यपि, भाजपाले उनलाई पप्पु बनाउन कुनै कसर बाकिँ राखेको छैन । 

'भारत जोडो' यात्रा पछि जसरी घटनाक्रम चल्यो । उनले २०२४ को चुनाव आउने समयसम्म आफ्नो पप्पुको छवि सफा गरेका छन् । उनी नरेन्द्र मोदीको लोकप्रियतासँग प्रतिस्पर्धा गरिरहेका छन् । एक राष्ट्रिय नेताका रुपमा सम्भावित प्रधानमन्त्रीका रुपमा उनको छवि स्थापित भइ सकेको छ । 

यद्यपि, नरेन्द्र मोदीको ‘फेकु’वाला छवि दिनप्रतिदिन बलियो हुँदै गएको छ । उनका प्रत्येक वक्तव्यबाट यो पक्का हुन्छ कि सुरुमा उनलाई जसरी ‘फेकु’ भनेर भनिएको थियो त्यो एकदम ठीक कुरा हो । 

यो एक घटनालाई हेर्नुस् । उनले दावी के गरिरहेका छन् भने भारतलाई ज्ञान र शिक्षाका लागि विश्वकेन्द्र बनाउने छन् । कसरी बनाउने छन् यस्तो केन्द्र ? जब उनले यो कुराको दावी गरिरहेका छन् कि भारतलाई ज्ञान र शिक्षाको केन्द्र बनाउने छन्, यही समयमा डक्टरी पढाईको ‘नीट’ परीक्षामा ‘राष्ट्रिय स्क्यान्डल’ घटेको छ । जसका कारण पुरा देशमा हङ्गामा मच्चिएको छ । 

यसबाट २५ लाख विद्यार्थी प्रभावित भएका छन् । यदि एक छात्रको परिवारमा पाँच सदस्य छन् भने सवा करोड नागरिक यस स्क्यान्डलबाट प्रभावित भएका छन् । 

दोश्रो तर्फ यूजीसीको ‘नेट’ परिक्षा छ । त्यसमा पनि धाँधली भएको मानेर रद्द गर्नु पर्यो । देशका दुई सर्वोच्च परिक्षा जसको सरकार सही तरिकाले आयोजना गर्न सक्दैन । पारदर्शी तरिकाले आयोजना गर्न सक्दैन । उक्त सरकारका प्रधानमन्त्रीले यो दावी गरिरहेका छन् कि ज्ञान र शिक्षाको विश्व केन्द्र बनाउछु । 

पछिल्लो दश वर्ष देखि नरेन्द्र मोदी भारतमा शिक्षाको नेतृत्व गरिरहेका छन् । २०२१ देखि ध्रवेन्द्र प्रधान भारतका शिक्षा मन्त्रि छन् ।

                                                                                                                – अभय दुवे, 4PM

अनुवाद र सम्पादनः बेग्लै