Skip to main content

हामीले नजरअन्दाज गरेको जलवायु जोखिम

Submitted by editor on
climate crisis nicolash kristof

AI generated image

बेग्लै
२०८१, भदौ ३१

हाम्रो पृथ्वीले रेकर्ड राख्न थाले पछि यो वर्ष २०२४ मा सबै सबैभन्दा बढी गर्मी सहेको छ ।

बढ्दो गर्मीको प्रभावका बारेमा हामीले हजारौं तथ्यमार्फत देख्न सक्छौँः फिनिक्स शहरले यो वर्ष सय दिन सय डिग्री (फरेनाइट) वा त्यो भन्दा बढीको गर्मी देख्यो, करिब तेह्र सय हज गएका व्यक्तिहरूको साउदी अरबमा मृत्यु भयो, आर्टिक क्षेत्रको हिउँ अप्रत्याशित रुपमा पग्लेर घट्यो र कतिपय ठाउँमा चमेरा र बाँदर रुखबाट खसेर मरे ।

उदाहरणका लागि, जाडोमाभन्दा गर्मीमा मर्ने मानिसहरूको संख्यामा नै बढोत्तरी भएको छ । आत्महत्या गर्ने र अन्यको हत्या गर्ने कुरामासमेत बढ्दो तापक्रमले भूमिका खेलिरहेको छ ।

हामीले वातावरणीय परिवर्तनका प्रलयकारी चुनौतीमाथि मात्रै ध्यान केन्द्रित गर्छौँ — ध्रुवीय हिउँ पग्लिने, समुद्रको सतह नाटकीय रुपमा बढ्ने, हाम्रो पृथ्वी बासस्थानका लागि अनुपयुक्त बन्दै जानु — अनि यी वास्तविक समस्या हुन् । यद्यपि, पछिल्ला केही दशकहरूमा हाम्रा दैनन्दिन परेका अन्य ‘मन्डेन’ प्रभावका बारेमा पनि तथ्यहरू सङ्कलन भएका छन् । उदाहरणका लागि, जाडोमाभन्दा गर्मीमा मर्ने मानिसहरूको संख्यामा नै बढोत्तरी भएको छ । आत्महत्या गर्ने र अन्यको हत्या गर्ने कुरामासमेत बढ्दो तापक्रमले भूमिका खेलिरहेको छ । 

त्यस्तै गरी विद्यार्थीले जाडोमाभन्दा गर्मीमा कम सिक्छन् । परिक्षामा कमजोर प्रदर्शन गर्छन । अवश्य पनि यसबाट हुने प्राकृतिक विपत्तिले गर्दा विद्यालय र कलेज जाने विद्यार्थी पनि कम हुन्छन् । अर्को शब्दमा भन्नुपर्दा चरम हुँदै गएको वातावरणीय प्रभावले धनसम्पत्तिको नोक्सान मात्रै गरेको छैन । मानवीय पुँजीमा पनि यसको भयानक नकारात्मक प्रभाव रहेको छ ।

“अहिले चलनचल्तीमा रहेको वातावरणीय बर्बादी बुझ्ने प्रयासमा जलवायु परिवर्तनका केही महत्वपूर्ण कुरा छुटे जस्तो देखिन्छ ।” पेन्सलभेनिया विश्वविद्यालयमा अध्यापन गर्ने अर्थशास्त्री आर. जिसुगं पार्कले उनको गज्जबको पुस्तक ‘स्लो वर्न’मा भनेका छन् । प्रध्यापक पार्कले आकर्षक तरिकाले तर्क गरेका छन् कि हामीले वातावरणीय परिवर्तनका प्रलयकारी अवस्थाको मात्रै कुरा गर्ने र अन्य अनेकन नकारात्मक प्रभावका बारेमा यथेष्ठ ध्यान नदिने गरेका छौँ । 

जबसम्म हामी यसले शिक्षामा पारेको नकारात्मक प्रभावलाई सम्बोधन गर्दैनौं, बढ्दो तापक्रमले करिब दश प्रतिशतका दरले आउँदा प्रत्येक वर्षमा विद्यार्थीको सिक्ने क्षमता घट्ने कुरा पार्कको अनुसन्धानले देखाएको छ । 

जबसम्म हामी यसले शिक्षामा पारेको नकारात्मक प्रभावलाई सम्बोधन गर्दैनौं, बढ्दो तापक्रमले करिब दश प्रतिशतका दरले आउँदा प्रत्येक वर्षमा विद्यार्थीको सिक्ने क्षमता घट्ने कुरा पार्कको अनुसन्धानले देखाएको छ । यो किन पनि संवेदनशील बन्ने देखिएको छ भने अश्वेत र ल्याटिनो विद्यार्थीहरू असमानुपातिक दरले देशका गर्मी बढी हुने ठाउँमा बस्ने र ‘इयर कन्डिसनिगं’को कम सुविधा भएका स्कुलमा पढ्ने हुँदा सिक्ने कुरामा रहेको विद्यमान विभेद झनै बढ्ने पार्कले बताएका छन् । 

त्यसपछि हामीले डढेलो देखिरहेका छौँ । हामीले यस्तो आगलागिबाट हुने तत्कालिन नोक्सानीमा बढी ध्यान दिएका छौँ । जस्तै, कुनै एक वर्षमा बीस देखि तीस जना मान्छे अमेरिकामा डढेलोबाट मर्ने गर्दछन् । तर, वातावरणीय परिवर्तनका कारण हुने ढडेलोबाट हुने धुवाँमा कयौँ मान्छेहरु पर्दा यसले धेरै मानिसको जीवन जाने वा खतरामा पर्ने गरेको देखिन्छ ।

वायु प्रदुषणका कारण प्रत्येक वर्ष संसारभरी करिब सत्तरी लाख मानिसको मृत्यु हुने गरेको छ । खासरी गरी यसले मुटु, फाक्सो र क्यासरजस्ता रोगलाई बढाएर यस्तो हुन गएको हो ।

वायु प्रदुषणका कारण प्रत्येक वर्ष संसारभरी करिब सत्तरी लाख मानिसको मृत्यु हुने गरेको छ । खासरी गरी यसले मुटु, फाक्सो र क्यासरजस्ता रोगलाई बढाएर यस्तो हुन गएको हो । अनुसन्धानकर्ताहरुका अनुसार संयुक्त राज्य अमेरिकामा डढेलेको धुवाँका कारण करिब पाँच हजारदेखि पन्ध्र हजार जीवन जाने गरेको छ । यद्यपि, तिनले हाम्रो ध्यान खिच्दैनन् किनकी ति मृत्युका संख्याले हामीलाई डर लाग्ने गरी नाटकीय समाचार उत्पन्न गर्दैनन् । मानिसले आफ्ना प्रियजन मुटु रोग वा बुढ्यौलीले मरेको ठान्छन् तर त्यसको अर्को कारण जलवायु परिवर्तन हुन सक्छ ।। 

जलवायु परिवर्तनले अपराधका लागि पनि भूमिका खेल्न सक्छ । अनुसन्धानकर्ताहरुले पारो बढ्दै गर्दा हत्या, सांघातिक आक्रमण र बलात्कार जस्ता अपराध बढ्ने कुरा बताएका छन् । एक अनुसन्धानले यो शताब्दीमा संयुक्त राज्यमा थप सोह्र लाख गम्भीर आक्रमण र दुई लाख बलात्कारका घटना हुन सक्ने बताएको छ । 

हामीलाई थाहा छ अति गर्मी हुँदा हाम्रो उत्पादकत्व पनि घट्छ । एक नौसैनिक अधिकारीले तापक्रम ८५ देखि ९० डिग्री हुँदा 'मोर्स कोड' अनुवाद गर्दा प्रति घण्टा औसतमा ११ वा १२ गल्ती गर्ने एक बेलायती अध्ययनले देखाएको छ । तर, जब तापक्रम १०५ डिग्रीमा पुग्छ तब प्रति घण्टा ९५ ओटा गल्ती गर्छ ।

हामीलाई थाहा छ अति गर्मी हुँदा हाम्रो उत्पादकत्व पनि घट्छ । एक नौसैनिक अधिकारीले तापक्रम ८५ देखि ९० डिग्री हुँदा 'मोर्स कोड' अनुवाद गर्दा प्रति घण्टा औसतमा ११ वा १२ गल्ती गर्ने एक बेलायती अध्ययनले देखाएको छ । तर, जब तापक्रम १०५ डिग्रीमा पुग्छ तब प्रति घण्टा ९५ ओटा गल्ती गर्छ ।

यतिसम्म कि यसबाट खेलाडी पनि प्रभावित हुने गर्दछन् । एक अध्ययनले टेनिस खेलाडीको अवलोकन गरेको थियो । जब ९५ डिग्रीमा तपक्रम पुग्छ तब दोहोरो गल्ती हुने सम्भावना बढ्छ र ‘र्याली’ छोटो हुने हुन्छ । 

यद्यपि, हामीले वातावरणीय परिवर्तन एक कठीन कुरा हो भन्ने सम्झीनु पर्दछ । 

औद्योगिकीकरण अघिसँग तुलना गर्दा बाह्र वर्ष अगाडि वैज्ञानिकहरु सन् २१०० सम्म तापक्रम चार डिग्रीले बढ्न सक्ने कुरामा चिन्तित थिए । अहिले करिब २.५ डिग्रीको दरमा बढ्न सक्ने देखिएको छ जुन कुनै सहज अवस्था होइन । भयाभह र सहन गर्न नसकिने खालकै अवस्था हो । 

साथै अध्येता र लेखक ब्योर्न लोम्बोर्गले गर्मीले भन्दा जाडोले अहिले धेरै अमेरिकीको ज्यान जाने कुरा गरेका छन् । यस्तो अवस्थाले बढ्दो तापक्रमले मर्ने मानिसको सङ्ख्यामा गिरावट आउन सक्छ । यद्यपि, पार्कले “विश्वस्तरमा हेर्दा नरोकिएको वातावरणीय परिवर्तनले उल्लेखनीय रुपमा मृत्युदर बढ्ने” कुरा मलाई बताए ।

मैले भन्न खोजेको के हो भने हामीले शुक्ष्म तरिकाले हेर्नु पर्दछ । हामीले चुनौति वा दुःस्वप्नलाई बढाइचढाइ गर्न आवश्यक छैन । अहिले उपलब्ध प्रशस्त तथ्यका आधारमा नै के भन्न सकिन्छ भने अहिले कै स्तरमा पनि वातावरणीय परिवर्तनका कारण हामीले जीवलाई ठुलो नोक्सान पुर्याएका छौँ  ।

मैले भन्न खोजेको के हो भने हामीले शुक्ष्म तरिकाले हेर्नु पर्दछ । हामीले चुनौति वा दुःस्वप्नलाई बढाइचढाइ गर्न आवश्यक छैन । अहिले उपलब्ध प्रशस्त तथ्यका आधारमा नै के भन्न सकिन्छ भने अहिले कै स्तरमा पनि वातावरणीय परिवर्तनका कारण हामीले जीवलाई ठुलो नोक्सान पुर्याएका छौँ (माथि उल्लेख भए जस्तो बाँदर र चमेरा हामीमाथि खस्ने कुरा गर्नै परेन) ।

मैले जलवायुको बारेमा “मिथेन बर्प्स”देखि खाद्य श्रृंखलाको आधार मानिने ‘प्लान्क्टन’ भंग गर्ने समुद्रको अम्लीकरणसम्म प्रलय देखाउने केही लेखहरु लेखेको छु । ति चिन्ताका वैधानिक विषय हुन् । तर प्रलयको परिदृष्यले हामीलाई होशमा ल्याएका छैनन् । र, तिनलाई तत्कालीन चुनौतिबाट हामीलाई अन्यत्र भड्काउन दिनु पनि हुँदैनः यदि हामीले तापक्रमको बढोत्तरीलाई निरन्तरता दियौँ भने थप मानिसहरु अपराधको शिकार हुने छन्, बच्चाहरुले कम सिक्ने छन्, र अझै धेरै हामी भर्यागंबाट खस्ने छौँ वा बर्बाद हुने छौँ ।

लेखकः निकोलस क्रिस्टोफ

- यो लेख १४ सेप्टेम्बर २०२४ मा द न्यू योर्क टाइम्स्मा प्रकाशित भएको थियो । 
- अनुवाद र सम्पादनः बेग्लै